११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले गर्यो ऋषभ पन्तलाई कारवाही, दियो एक डिमेरिट अंक



अ+ अ-

एजेन्सी । भारतीय टोलीका उपकप्तान ऋषभ पन्तलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले चेतावनी दिएको छ । उनलाई डिमेरिट अंक पनि दिइएको छ ।

भारतीय टोली इङ्गल्याण्ड भ्रमणमा छ । हेडिंगले टेस्टको तेस्रो दिन बल परिवर्तन गरेकोमा उनी फिल्ड अम्पायरसँग झगडा गरेका थिए ।

काउन्सिलका अनुसार पन्तले आईसीसी आचारसंहिताको लेभल–१ उल्लङ्घन गरेका छन् र यसका लागि उनलाई एक डिमेरिट अंक दिइएको छ ।

जरिवानाको रूपमा कुनै आर्थिक जरिवाना भने लगाइएको छैन । २४ महिनाको अवधिमा पन्तको यो पहिलो अपराध थियो ।

२४ महिनाभित्र ४ डिमेरिट अंक प्राप्त गरेमा खेलाडीलाई एक खेलको लागि निलम्बन गरिन्छ ।

पन्तले आफ्नो गल्ती स्वीकार गरेका छन् र आईसीसीको एलिट प्यानल अफ म्याच रेफ्री रिची रिचर्डसनले लगाएको सजाय पनि स्वीकार गरेका छन् ।