५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले गर्यो ऋषभ पन्तलाई कारवाही, दियो एक डिमेरिट अंक



अ+ अ-

एजेन्सी । भारतीय टोलीका उपकप्तान ऋषभ पन्तलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले चेतावनी दिएको छ । उनलाई डिमेरिट अंक पनि दिइएको छ ।

भारतीय टोली इङ्गल्याण्ड भ्रमणमा छ । हेडिंगले टेस्टको तेस्रो दिन बल परिवर्तन गरेकोमा उनी फिल्ड अम्पायरसँग झगडा गरेका थिए ।

काउन्सिलका अनुसार पन्तले आईसीसी आचारसंहिताको लेभल–१ उल्लङ्घन गरेका छन् र यसका लागि उनलाई एक डिमेरिट अंक दिइएको छ ।

जरिवानाको रूपमा कुनै आर्थिक जरिवाना भने लगाइएको छैन । २४ महिनाको अवधिमा पन्तको यो पहिलो अपराध थियो ।

२४ महिनाभित्र ४ डिमेरिट अंक प्राप्त गरेमा खेलाडीलाई एक खेलको लागि निलम्बन गरिन्छ ।

पन्तले आफ्नो गल्ती स्वीकार गरेका छन् र आईसीसीको एलिट प्यानल अफ म्याच रेफ्री रिची रिचर्डसनले लगाएको सजाय पनि स्वीकार गरेका छन् ।