७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

पूर्वराजा ज्ञानेन्द्र भन्नुहुन्छ: नागरिक असन्तुष्टि बढ्यो, पुरानो रिति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी छ

पूर्वराजा ज्ञानेन्द्र भन्नुहुन्छ: नागरिक असन्तुष्टि बढ्यो, पुरानो रिति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी छ
अ+ अ-

काठमाडाैंः पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहेका छन्र भन्दै प्रश्न उठाउनु भएको छ ।

बुधबार एक वक्तव्य मार्फत सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्ता यावत विषयलाई लिएर होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहेको छ भन्दै त्यसतर्फ विचार गर्न पनि आग्रह गर्नुभएको छ ।

‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्दै पूर्वराजा शाहले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहेका छन् भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

सन्देशमा पूर्वराजा शाहले बदलिंदो विश्व व्यवस्थालाई बूझेर आफ्नो प्रकृति, रिति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी भएको भन्दै धुमाउरो पारामा राजसंस्थाको ओचित्य रहेको जनाउनु भएको छ । यसबाट नै नेपालीको स्वाभिमान र स्वावलम्वनको परिपाठी फेरि कायम हुने भन्दै केही दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शीर फेरि ठाडो पार्न सकिने जनाउनु भएको छ ।

उहाँले रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित बिरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहेका छन् भन्दै ध्यानकर्षण गराउनु भएको छ । पूर्वराजा शाहले सीमा विवाद भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयलाई उठाउँदै त्यसको समाधान र कारण खोज्नुपर्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने भन्दै वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

पूर्वराजाले विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको उल्लेख गर्दै फर्कने सबैको श्रम, सिप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको पनि उल्लेख गरेका छन्। सन्देशमा नेपाल बहूजातीय, बहूभाषिक र बहूबिध भौगोलिक विशेषता रहेको मूलूक भएको उल्लेख गर्दे परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता रहेको जनाउनु भएको छ ।

उहाँले अहिले देशमा पनपनाउँदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संकीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो नगर्ने सन्देश दिनु भएको छ । उहाँले विश्वव्यापी कोरना महामारीबाट आक्रान्त बनेको अवस्था र यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदना ब्यक्त गर्दै संक्रमित सबैको स्वास्थ्थ लाभको कामना समेत गर्नुभएको छ ।

संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गर्न आग्रह गर्दै उहाँले यो अवधिमा बढदै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेको यो अवस्थालाई अवसरका रुपमा लिनु पर्ने भन्दै फर्कने सबैको श्रम, सीप र सामर्थको सदूपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराउनु भएको छ । उहाले राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणाका साथ बुधबार वक्तव्य जारी गर्नुभएको हो ।