२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेडिंग्ले टेस्टः तेस्रो दिन भारत ९६ रनले अगाडि



अ+ अ-

एजेन्सी । तेन्दुलकर–एन्डरसन ट्रफीको पहिलो टेस्टमा भारतको अग्रता ९६ रन पुगेको छ ।

चौथो दिनको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । हेडिंग्ले स्टेडियममा तेस्रो दिन इङ्गल्याण्डको टोली ४६५ रन बनाएर अलआउट भएको थियो ।

भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो, जसको आधारमा टोलीले ६ रनको अग्रता लिएको थियो ।

आइतबारको खेल सकिनुसम्म भारतले दोस्रो इनिङमा २ विकेट गुमाएपछि ९० रन बनाएको छ । टोलीबाट केएल राहुल ४७ र शुभमन गिल ६ रनमा अविजित रहे । यसअघि इङ्ल्यान्डका लागि ओली पोपले शतक बनाएका थिए । ह्यारी ब्रुक ९९ रनमा आउट भएका थिए ।

भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए भने प्रसिद्ध कृष्णाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।