७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि
अ+ अ-

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले बताए। जस अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा  एक/एक जनामा कोरोना पोजेटिभ देखिएको हो । निर्देशक डा. शर्माका अनुसार नवलपरासीका गौडाकोट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङको  बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ । शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।