१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

‘नेपाल र चीनबीच सीमा विवाद छैन’- परराष्ट्र मन्त्रालय

‘नेपाल र चीनबीच सीमा विवाद छैन’- परराष्ट्र मन्त्रालय
अ अ+ अ-

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ ।

कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो । चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ । तर, परराष्ट्र मन्त्रालयले भने सीमा विवाद पहिल्यै हल भइसेकेको जनाएको छ ।

नेपाल र चीन सीमाको विषयमा सन् १९६० मा सीमाको सुपरिवेक्षण र सन् १९६१ अक्टोबरमा सीमा सन्धि भएको थियो । सन् १९६२ मा नेपाल र चीनबीचको सीमांकन भएको र सन् १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

उनका अनुसार हाल चीनसँग दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा केही क्षेत्र सीमा मिचिएको भेटिएको छ । सीमाको सुपरिवेक्षण गर्दा ५७ नम्बरको पिल्लर जुन ठाउँमा हुनुपर्ने हो, सो ठाउँमा नरहेको भेटियो । लामो समय नभेटिएको सो सीमा स्तम्भ २०६२ सालमा भेटिएको थियो । ‘नेपालका तर्फबाट ५७ गलत ठाउँमा गाडिएछ,’ सीमाविद् श्रेष्ठले भने, ‘अलिकति मिचिएको भनेर कुरा उठेको छ । संयुक्त सीमा समिति नबसेको हुँदा निर्णय भएको छैन ।’

दुई देशले सर्वाधिकार ब्राउन्ड्री प्रोटोकलमा सन् १९६३ मा हस्ताक्षर गरेपछि हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । ‘त्यसपछि सन् १९७९ र १९८८ मा दुईपटक नवीकरण भए पनि त्यसयता दुई देशको ब्राउन्ड्री प्रोटोकलको विषयमा नवीकरण हुन सकेको छैन,’ सीमाविद् श्रेष्ठले राजधानीसँग भने ।

तेस्रोपटक नवीकरण गर्न संयुक्त सीमा समितिले १२ वर्षदेखि काम गरिरहेको छ । अब अर्कोे बाउन्डी प्रोटोकलमा हस्ताक्षर गर्न सीमा अवलोकन, सीमा सुपरिवेक्षण, सीमा निरीक्षण गर्नुपर्ने हुन्छ । तर, सीमा विवाद समाधानका लागि दुई देशको संयुक्त बैठक बसेर मात्रै हल गर्न सकिने उनले बताए ।

‘चीनले सीमा मिचिएको ठाउँमा नदीको धार परिवर्तन भएको हुन सक्छ,’ सीमाविद् श्रेष्ठले भने । नदीको सिमाना रहेको ठाउँका विषयमा २०७६ कात्तिकमा नेपाल र चीनबीच दुई पक्ष वार्ता भई हस्ताक्षर भई पत्र आदानप्रदान भइसकेको छ । चीन र नेपालको बीचमा भएको धार परिवर्तन भएको भए पहिलाको १९६२ भएको सन्धिलाई मान्ने भनिएको छ ।

नेपाली गाउँ नै चीनको भूमिमा रहेको भन्ने विषयमा भने अध्ययन गर्न बाँकी रहेको सीमाविद् श्रेष्ठको भनाइ छ ।  ‘सन् १९६२ मा चीन र नेपालबीच सीमा निर्धारण हुँदा त्यसबेला सो ठाउँको कुरा उठेको थिएन,’ उनले भने । गोरखाको रुई गाउँ चीनको स्वशासित क्षेत्र तिब्बतमा परेका विषयमा भने अधययन हुनु जरुरी रहेको उनको भनाइ छ ।

‘सन् १९६२ मा नेपाल र चीन सीमा निर्धारण हुँदा पानीको ढलोट, भन्ज्याङ, नदीको सिद्धान्तलाई अपनाइएको थियो । यस कारण रुइ गाउँको केही भाग उत्तरतर्फ चीन र बाँकी दक्षिणतर्फ नेपालमा परेको हुन सक्छ । भन्ज्याङलाई पनि सीमा छुट्टाउने सिद्धान्त मानिएको हुदाँ यस विषयमा अध्ययन हुन बाँकी रहेको छ,’ श्रेष्ठले भने । राजधानी दैनिक