२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

टिआरसीसम्बन्धी ऐन कार्यान्वयनको लागि नियमावली निर्माण आयोगको पहिलो प्राथमिकतामाः अध्यक्ष गडतौला

टिआरसीसम्बन्धी ऐन कार्यान्वयनको लागि नियमावली निर्माण आयोगको पहिलो प्राथमिकतामाः अध्यक्ष गडतौला
अ अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लिलादेवी गडतौलाले संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी ऐन कार्यान्वयनका लागि नियमावली निर्माणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरु’ विषयक कार्यशालामा बोल्दै अध्यक्ष गड्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ऐन निर्माण गरिसेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आयोगले नियमावली सिफारिस गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले अघिल्लो आयोगले ४ सय ५८ जना पीडितको सिफारिस गरे पनि उनीहरूले कुनैपनि राहत र क्षतिपुर्ति पाउन नसकेको उल्लेख गर्नुभयो । पीडितहरुलाई क्षतिपुर्ति दिनको लागि आयोगको छुट्टै कोष स्थापना गर्न नियमावली बनाउने काम भइरहेको समेत उल्लेख गर्नुभयो । नियमावली बिना आयोग अगडि नसक्ने उहाँको भनाइ छ । उहाँले आयोगको चार वर्षे कार्ययोजना बनाएर अघि बढिरहेको बतायनु भयो ।

उहाँले भन्नुभयो, ‘नियमावली नबनाइकन अगाडि बढ्न नसक्ने भएका कारण हामीले सकेसम्म छिटो नियमावली बनाउने हो । ४ सय ५८ जनाको विगतको आयोगले सिफरिस गरेको छ । ति ४५८ जनाले केही पनि पाउनु भएको छैन । त्यसका लागि पनि कोष नियमावली बनाएर छिटोभन्दा छिटो दिन सक्छौं कि भनेर हामी त्यसमा लागेका छौँ । अब हामी चार वर्षको कार्ययोजनाअनुसार चार वर्षको कार्ययोजना पनि हामी बनाउँछौँ । त्यसले हामी तपाईहरुलाई आयोगमा पनि बोलाउन सक्छौँ ।’

उहाँले बेपत्ता पारिएकाका परिवारलाई न्याय दिनको लागि आयोगले प्रभावकारी काम गर्ने आश्वासन समेत दिनुभयो ।