काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना सर्त तत्कालका लागि आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
राष्ट्रपति ट्रम्पले तत्काल खमिनीको ज्यान सुरक्षित रहेको भन्दै आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ ।
इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि स्थान सही नभएको बताउन थालेका छन् ।
अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोको बारे अनुमान गर्न थालेका छन् ।
युद्ध चलिरहँदा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ । इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ ।
इजरायली नेता खोमिनले भने आफूहरु विश्वको कुनै प्नि शक्तिसँग नझुक्ने बताएका छन् । उनले कसैको दबाबमा आफूहरु नझुक्ने स्पष्ट पारेका हुन् ।










