२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर प्रधानमन्त्रीलाई भेटेपछि



अ+ अ-

काठमाडौं। विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ ।

तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आउनुभएको छ । गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीहरुसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने विश्वास उहाँले दिलाउनुभएको थियो । प्रधानमन्त्री ओली स्वदेश फिर्ता भएपछि त्यहाँ भेट भएका नेपाली शिक्षक–विद्यार्थीहरु सबैलाई सम्बोधन गरी पत्र पठाइ मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिष्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउण्डेशन दर्ता गरी नेपालका नसर्ने रोगहरुको अवस्था, त्यसको उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी रु १० करोडको अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो । उक्त पाँच वर्षे परियोजनालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गरिने शेर्पाले जनाउनुभयो ।

फाउण्डेशनले सोलु्खुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ भने जिल्लामा ग्रामीण भेगका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ ।

सोलुखुम्बुको सल्लेरीका शेर्पाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाइ अध्ययन पूरा गर्नुभएको थियो । उहाँले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरुलाई सबल बनाइ अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाव दिनुुभयो ।

प्रधानमन्त्री ओलीले विदेशमा उच्चशिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकामा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्वल भविष्यको कामना गर्नुभयो ।