२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले हटाउन खोज्यो प्रधानमन्त्री ओलीलाई ?



अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपि शर्मा ओलीले  नेपालको नया नक्सा छापेपछि आफूलाई प्रधानमन्त्रीबाट  हटाउने खेल सुरु भएको बताउनु भएको छ । स्वर्गीय मदन भण्डारी जन्मजयन्तीको अबसरमा सरकारी निबास वालुवाटारमा आयोजित स्मृति शभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेर अपराध गर्ने ओलीलाई पदबाट जसरी पनि हटाउनु पर्छ भन्दै भित्र र बाहिरका शक्तिहरु लागेका छन् भन्दै तर त्यो सभ्माबना छैन भन्नुभयो।  

प्रधानमन्त्री ओलीले आफुलाई पदमा बसिररहने कुनै लोभ नभएको भन्दै तर आफू हट्दा देशका लागि बोल्ने मान्छेको अभाब हुन्छ कि भन्ने चिन्ता रहेको बताउनु भयो । विसं २०७२ मा भएको नाकाबन्दीको डटेर समाना गरेको स्मरण गर्दे प्रधानमन्त्री ओलीले भारत बेष्टित भएर बसेको मुलुक लाई हिमाल पार गर्न सकिदैन भन्दै खुम्चेर बसेको अवस्थामा  अर्को मुलुकको समुद्र संग जोडेको बताउनु भयो । 

नेपाल निरिह भएर बस्ने देश नभएको भन्दै ओलीले  दुई ढुंगा बिचको तरुलको परिभाषा पनि परिर्तन गर्नुपर्ने बताउनु भयो । उहाले  गौरब पूर्ण इतिहास र महान सम्भावना बोकेको गौरबपूर्ण राष्ट्र भएको भन्दै ठुला देश उपनिबेश हुदा पनि उपनिबेश अस्बीकार गरेको कुरा स्मरण  गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सन् १९६२ देखी कालापानी लिपुलेक र लिम्पियाधुरा मा सत्य मेयत जयत  हारिरहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले  नक्सा सच्चाएर सार्बजनिक गरेको र  सबैधानीक बैधता दिएको कुरा केही लाई चित्त नबुझेको  कुरा आफुले थहा पाएको बताउनु भयो । उहाले भन्नुभयो, साथीहरुको खल्तिमा नेपाली नागरिकता छ काम अरुका लागि गर्ने धेरै दलमा  छन् । नया नक्सा सार्बजनिक सन्दर्भमा प्रधानमन्त्री ओलीले भन्नुभयो अरुको जमिन अतिक्रमण गरेको होईन आफनो जमिन फिर्ता ल्याउन लागेको हो । प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको बताउनु भयाे । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ भन्दै लागिरहेका छन् , प्रधानमन्त्री ओलीले भन्नुभयो, नक्साका सन्दर्भमा पछाडी नहट्ने स्पष्ट पार्दै पोईन्ट अफ नो रिर्टन, यस प्रक्रियाबाट पछि हट्दैन, हामीलाई हाम्रो भूमि चाहियो, यसमा नो रिर्टन । उहाले मुलक कोबिड १९ले केही अप्ठारामा परेको  आर्थिक बृद्धि दर घटेको भएपनि यी अस्थायी घटना क्रम रहेका कारण यसको सामाना गर्छे अघि बढदै मुर्छित भएको सपनालाइृ ब्युँझाउने र जनताको बिश्वास जित्ने  बताउनु भयो