२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

कसले हटाउन खोज्यो प्रधानमन्त्री ओलीलाई ?

कसले हटाउन खोज्यो प्रधानमन्त्री ओलीलाई ?
अ अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपि शर्मा ओलीले  नेपालको नया नक्सा छापेपछि आफूलाई प्रधानमन्त्रीबाट  हटाउने खेल सुरु भएको बताउनु भएको छ । स्वर्गीय मदन भण्डारी जन्मजयन्तीको अबसरमा सरकारी निबास वालुवाटारमा आयोजित स्मृति शभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेर अपराध गर्ने ओलीलाई पदबाट जसरी पनि हटाउनु पर्छ भन्दै भित्र र बाहिरका शक्तिहरु लागेका छन् भन्दै तर त्यो सभ्माबना छैन भन्नुभयो।  

प्रधानमन्त्री ओलीले आफुलाई पदमा बसिररहने कुनै लोभ नभएको भन्दै तर आफू हट्दा देशका लागि बोल्ने मान्छेको अभाब हुन्छ कि भन्ने चिन्ता रहेको बताउनु भयो । विसं २०७२ मा भएको नाकाबन्दीको डटेर समाना गरेको स्मरण गर्दे प्रधानमन्त्री ओलीले भारत बेष्टित भएर बसेको मुलुक लाई हिमाल पार गर्न सकिदैन भन्दै खुम्चेर बसेको अवस्थामा  अर्को मुलुकको समुद्र संग जोडेको बताउनु भयो । 

नेपाल निरिह भएर बस्ने देश नभएको भन्दै ओलीले  दुई ढुंगा बिचको तरुलको परिभाषा पनि परिर्तन गर्नुपर्ने बताउनु भयो । उहाले  गौरब पूर्ण इतिहास र महान सम्भावना बोकेको गौरबपूर्ण राष्ट्र भएको भन्दै ठुला देश उपनिबेश हुदा पनि उपनिबेश अस्बीकार गरेको कुरा स्मरण  गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सन् १९६२ देखी कालापानी लिपुलेक र लिम्पियाधुरा मा सत्य मेयत जयत  हारिरहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले  नक्सा सच्चाएर सार्बजनिक गरेको र  सबैधानीक बैधता दिएको कुरा केही लाई चित्त नबुझेको  कुरा आफुले थहा पाएको बताउनु भयो । उहाले भन्नुभयो, साथीहरुको खल्तिमा नेपाली नागरिकता छ काम अरुका लागि गर्ने धेरै दलमा  छन् । नया नक्सा सार्बजनिक सन्दर्भमा प्रधानमन्त्री ओलीले भन्नुभयो अरुको जमिन अतिक्रमण गरेको होईन आफनो जमिन फिर्ता ल्याउन लागेको हो । प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको बताउनु भयाे । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ भन्दै लागिरहेका छन् , प्रधानमन्त्री ओलीले भन्नुभयो, नक्साका सन्दर्भमा पछाडी नहट्ने स्पष्ट पार्दै पोईन्ट अफ नो रिर्टन, यस प्रक्रियाबाट पछि हट्दैन, हामीलाई हाम्रो भूमि चाहियो, यसमा नो रिर्टन । उहाले मुलक कोबिड १९ले केही अप्ठारामा परेको  आर्थिक बृद्धि दर घटेको भएपनि यी अस्थायी घटना क्रम रहेका कारण यसको सामाना गर्छे अघि बढदै मुर्छित भएको सपनालाइृ ब्युँझाउने र जनताको बिश्वास जित्ने  बताउनु भयो