२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ । केही दिन अगाडि यो चलचित्रका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माणपक्षले आज भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको छ ।

भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन् । झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन् । सँगै छन् आरुस । झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन् । लुगा पसिनाले निथ्थ्रुक्क भिजेका छन् ।

उनको यो स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ । पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ । भोलाराजको छोराको भूमिकामा आरुस छन् ।

उनले भनेका छन्, यो संसारमा सबैभन्दा महंगो केरो बाबाको पसिना रहेछ । यसले बाउले छोराका लागि गरेको संघर्ष बुझाउँछ । जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

असोसियट निर्देशक राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ ।

राउतले भने, “यो सम्बन्ध महसुस गर्दा सबैभन्दा गहिरो हुन्छ, तर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । हामीले यही भावनालाई फिल्ममा उतार्ने कोसिस गरेका छौँ ।”

बलियो लाइनअप देखिएको चलचित्रमा विजय, भोलाराज र आरुससँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।