७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाक्रेमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु



अ+ अ-

मलेखु । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो । “दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भन्नुभयो ।