२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन



अ+ अ-

काठमाडौँ । द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो ।

समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ ।
सभापति खानले भन्नुभयो, ‘घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको पनि धारणा लिनुपर्ने कुराहरु भएको छ । घरेलु कामदारहरुको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाँही बैठक बसेर तय गर्ने भएको छ ।’

समितिको शुक्रवारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।