४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के लक्षित राजश्व उठ्ला ? दैनिक प्रगति हेर्दा असम्भव



अ+ अ-

काठमाडाैंः नेकपाकाे वर्तमान सरकारका अर्थमन्त्री डा युवराज खतिवडामाथि अहिले सर्वाधिक ठूलाे संकट छाएकाे प्रष्टै देखिन थालेकाे छ । चालु आर्थिक वर्षकाे समयावधि सकिन अब १५ दिनमात्र बाँकी छ, तर मुलुककाे आम्दानीकाे मुख्य स्राेत राजश्व उठ्ने दर भने निराशाजनक छ ।

महालेखा नियन्त्रक कार्यालयकाे दैनिक विवरण अनुसार विगत केही दिनदेखि राजश्व उठ्ने दर दैनिक सरदर २ अर्ब २० कराेडकाे छ । याे दर कायम रहे वा दैनिक ३ अर्बकै हाराहारीमा राजश्व उठे पनि अबका १५ दिनमा राजश्व करिब ४५ अर्ब मात्र उठ्ने छ ।

याे वर्षकाे बजेटमा राजश्व करिब ११ खर्ब ७० अर्ब उठ्ने प्रक्षेपण गरिएकाे थियाे । जसमा प्रत्यक्ष करतर्फ रू १० खर्ब ९ अर्ब, अप्रत्यक्ष करतर्फ रू १ खर्ब २ अर्ब तथा अनुदान ५८ अर्ब उठ्ने अनुमान गरिएकाे थियाे । 

तर राजश्व उठ्नेक्रम लक्ष्यकाे करिब ६४ प्रतिशत मात्र देखिएकाे छ । अर्थात यही असार १४ गतेसम्म कूल राजश्व ७ खर्ब ५१ अर्ब मात्र उठेकाे छ । जसमा प्रत्यक्ष करतर्फ रू ६ खर्ब २४ अर्ब, अप्रत्यक्ष करतर्फ रू ६५ अर्ब, अनुदान १६ अर्ब तथा अन्यतर्फ ४५ अर्ब रहेकाे छ ।

उता, खर्चतर्फ कुनै कमी भएकाे देखिन्न । चालु खर्चतर्फ कूल बजेटकाे झण्डै ७४ प्रतिशत अर्थात ७ खर्ब ७ कराेड, पूँजीगत तर्फ १ खर्ब ३४ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ९४ अर्ब खर्च भइसकेकाे छ ।

दैनिक राजश्व भन्दा खर्च बढी

सरकारले संकलन गरिरहेकाे खर्चभन्दा बढी दैनिक खर्च भइरहेकाे छ । असार १४ गते प्रत्यक्ष करतर्फ रू. २ अर्ब १० कराेड ३४ लाख संकलन गरे पनि सरकारकाे चालू खर्च रू. २ अर्ब ८४ कराेड ९१ लाख तथा पूँजीगत खर्च रू. १ अर्ब २४ कराेड खर्च भएकाे छ । अर्थात दैनिक खर्च कूल राजश्वभन्दा झण्डै रू. १ खर्ब ९८ अर्ब ५७ लाखले बढी छ ।