९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा देखिए अहिलेसम्मकै बढि संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढि संक्रमित भेटिएका छन् । मंगलबार उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरु काठमाडौंका सात पुरुष र पाँच महिला गरी १२ जना, ललितपुर र भक्तपुरका एक–एक जना पुरुषमा रहेको उनले बताए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्।