६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्धधर्मावलम्बीहरुले यसरी मनाए ‘सागा धावा’ पर्व -फोटो फिचर



अ+ अ-

काठमाडौं । बौद्धधर्मावलम्बीहरुले आज सागा धावा पर्व भनाएका छन् । १५ दिन अघि सुरु भएको यो पर्व आजको रात पछि समापन हुन्छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दु: खी लाई दान गर्ने गरिन्छ ।

बौद्धधर्मावलम्बीहरुले आज सके सम्म सुतेर वा हिडदै एक , तीन वा तेर्‍ह पटक सम्म परिक्रममा गर्ने गर्दछन् । परिक्रमा गर्नेहरुलाई बिभिन्न स्वयंसेबी संस्थाहरुले पानी जुस तथा बिभिन्न खाद्य पदार्थ बितरण गर्दछन् ।

सागा धावाको पूर्वसन्ध्यामा स्वयम्भू महाचैत्य र वन क्षेत्र (गचाहिलेगु) वरिपरि भक्तजनहरूले विशेष परिक्रमा गरिरहेका छन्।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणको स्मृतिमा अनुयायीहरूले प्रार्थना,परिक्रमा, मन्त्रजप, दान–पुण्य र परिक्रमारूपी पुण्य संकलन गर्दै यस पवित्र महिनालाई श्रद्धापूर्वक मनाइरहेका छन्।

सागा भनेको आकाशका तारामध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने गर्दछ । धावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा धावा भनिन्छ ।

यो महिनामा सबै गुम्बाहरुमा ठूलाठूला पुजापाठ, साधना, अभिषेक (वाङ) मौनव्रत (ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् । यो विशेषगरी स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामीले जति धर्म, पुण्य र पाप कर्म गर्छौँ त्यसको सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्म गरी पुण्य कमाउन र पाप कर्म नगर्न यो पर्वले विशेष आग्रह गर्दछ । प्रत्येक मानवले रक्सी, जाँड, मदमदिरा, माछा, मासु, चुरोट, सुर्तीको सेवन त्याग्न सकेमा अति उत्तम हुने बताइएको छ।

यो महिनामा पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने बौद्ध धर्मशास्त्रमा उल्लेख छ । विशेषगरी यो महिनाको अष्टमी, दशमी, पूर्णिमाको २५ औँ तिथि दशमी र औँसीको दिनमा सोज्योङ व्रत बस्न सके जो कोहीले अधिक पुण्य प्राप्त गर्ने बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान, सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा, मासु बेच्ने सबै कार्य बन्द हुने गर्दछ ।

यस अवधिमा प्राण हत्या, चोरी, व्यभिचार, झुटो बोल्ने, फजुल गफ जस्ता १० अकुशल कार्य पालना गर्न सके अपार पुण्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

तथागत बुद्धको आशिर्वाद, सम्पूर्ण प्राणी जगत्को भलाइ, चिर सुख, शान्ति, समृद्धि, निरोगी, दीर्घायु तथा क्रमश: आफूले चिताएबमोजिम सम्पूर्ण कार्य पूरा हुँदै आउने शास्त्रमा उल्लेख छ ।