२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

बौद्धधर्मावलम्बीहरुले यसरी मनाए ‘सागा धावा’ पर्व -फोटो फिचर

बौद्धधर्मावलम्बीहरुले यसरी मनाए ‘सागा धावा’ पर्व -फोटो फिचर
अ अ+ अ-

काठमाडौं । बौद्धधर्मावलम्बीहरुले आज सागा धावा पर्व भनाएका छन् । १५ दिन अघि सुरु भएको यो पर्व आजको रात पछि समापन हुन्छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दु: खी लाई दान गर्ने गरिन्छ ।

बौद्धधर्मावलम्बीहरुले आज सके सम्म सुतेर वा हिडदै एक , तीन वा तेर्‍ह पटक सम्म परिक्रममा गर्ने गर्दछन् । परिक्रमा गर्नेहरुलाई बिभिन्न स्वयंसेबी संस्थाहरुले पानी जुस तथा बिभिन्न खाद्य पदार्थ बितरण गर्दछन् ।

सागा धावाको पूर्वसन्ध्यामा स्वयम्भू महाचैत्य र वन क्षेत्र (गचाहिलेगु) वरिपरि भक्तजनहरूले विशेष परिक्रमा गरिरहेका छन्।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणको स्मृतिमा अनुयायीहरूले प्रार्थना,परिक्रमा, मन्त्रजप, दान–पुण्य र परिक्रमारूपी पुण्य संकलन गर्दै यस पवित्र महिनालाई श्रद्धापूर्वक मनाइरहेका छन्।

सागा भनेको आकाशका तारामध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने गर्दछ । धावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा धावा भनिन्छ ।

यो महिनामा सबै गुम्बाहरुमा ठूलाठूला पुजापाठ, साधना, अभिषेक (वाङ) मौनव्रत (ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् । यो विशेषगरी स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामीले जति धर्म, पुण्य र पाप कर्म गर्छौँ त्यसको सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्म गरी पुण्य कमाउन र पाप कर्म नगर्न यो पर्वले विशेष आग्रह गर्दछ । प्रत्येक मानवले रक्सी, जाँड, मदमदिरा, माछा, मासु, चुरोट, सुर्तीको सेवन त्याग्न सकेमा अति उत्तम हुने बताइएको छ।

यो महिनामा पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने बौद्ध धर्मशास्त्रमा उल्लेख छ । विशेषगरी यो महिनाको अष्टमी, दशमी, पूर्णिमाको २५ औँ तिथि दशमी र औँसीको दिनमा सोज्योङ व्रत बस्न सके जो कोहीले अधिक पुण्य प्राप्त गर्ने बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान, सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा, मासु बेच्ने सबै कार्य बन्द हुने गर्दछ ।

यस अवधिमा प्राण हत्या, चोरी, व्यभिचार, झुटो बोल्ने, फजुल गफ जस्ता १० अकुशल कार्य पालना गर्न सके अपार पुण्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

तथागत बुद्धको आशिर्वाद, सम्पूर्ण प्राणी जगत्को भलाइ, चिर सुख, शान्ति, समृद्धि, निरोगी, दीर्घायु तथा क्रमश: आफूले चिताएबमोजिम सम्पूर्ण कार्य पूरा हुँदै आउने शास्त्रमा उल्लेख छ ।