९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रम पनि नगर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । 

बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द गर्ने भएको छ । कांग्रेसले भोली पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ । 

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो । मुटुसम्बन्धि पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।