७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

जहाज टर्बुलेन्समा परेको मात्र हो, दुर्घटना हुदैन- प्राडा राजिव झा

जहाज टर्बुलेन्समा परेको मात्र हो, दुर्घटना हुदैन- प्राडा राजिव झा
अ+ अ-

काठमाडौँ । नेपालमा चीन मामिलाका एकजना जानकार तथा युवा वैज्ञानिक प्रा डा. राजिवकुमार झाले नेकपामा यतिखेर देखिएको संकटक दुर्घटनाउन्मुख नभएको टिप्पणी गरेका छन् । उनले भने- 'हामी यात्रा गरिरहेका बेलामा आकासमा हावाहुरी र बाक्लो बादलका कारण जहाज केही हल्लिने हुन्छ नि, यतिखेरको अवस्था त्यस्तै हो, यो दुर्घटना नभएर टर्बुलेन्स मात्र हो ।'  

उनले पूर्व माओवादी र पूर्व एमालेबीच एकता भई नेकपा बनेपछि एकजना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपारुपी जहाज 'दुई पाइलटले हाँकेको एक जम्बो जेट हो' भनेको स्मरण गर्दै भने- 'हो, नेकपामा उहाँले भनेजस्तै दुई ओटा र त्यो पनि नेपालको कम्युनिष्ट आन्दोलनका परिपक्व नेता रहेकोले उहाँहरुबाट यो जेट दुर्घटना हुदैन, हुनु पनि हुदैन ।' 

तर दुई पाइलटले हाकेको नेकपाको जहाजमा अहिले टर्बुलेन्स भने आएको उनले बताए । त्यो टुर्बलेन्स चर्को हावा वा वादलमा फसेको वेला आउने र त्यसबेला कुशल एवं परिपक्व पाइलटको योग्यताको परीक्षण पनि हुने धारणा उनले राखे । प्राडा.झाले भने 'मलाई लाग्छ पार्टीमा विवाद आउँदा, कहिलेकाहीँ विकसित परिस्थितिमा मानिसको भूमिका र त्यागको पनि खोजी हुने गर्दछ त्यस्तो बेलामा कुनै एक जिवन्त, देशको ठूलो र सत्तारुढ पार्टीमा विवाद आइनै हाल्छ जुन स्वाभाविक हो भने ।' 

उनले देशमा कम्युनिष्ट शक्तिहरुबीच बेला बेलामा भएका सहमति र समझदारीहरुले देशमा भएका ठूलाठूला परिवर्तनहरुलाई यस्तै संकटका बेलामा स्मरण गर्नुपर्ने पनि सुझाए । उनले भने -हेर्नुस् मत भन्छु यो पार्टीमा सुझबुझ भएका र समय परिस्थितिलाई सहजै र सजिलै चिन्नसक्ने क्षमताका नेताहरु हुनुहुन्छ र उहाँहरुले राष्ट्रियता र स्वाधीनताका लागि लडेका अनेकन अनुभवहरु पनि छन्, त्यस्ता व्यक्तिहरुबाट पार्टीभित्र यस्ता अन्तरविरोधहरुलाई सहजै निकास दिनसक्ने क्षमता छ जुन उहाँहरुले प्रदर्शन गर्नुहुने छ ।'

यस्तो बेलामा नेताहरुले पार्टीलाई जोखिममा पु¥याउदैनन् भन्ने मलाई लाग्छ उनले भने । देशमा राष्टियताको बारेमा हालैमात्र देखिएको अभूतपूर्व एकताले पनि देश यसैगरी विकास र उन्नगतिका लागि पनि एक भएर अघि बढ्नसक्छ भन्ने सन्देश दिएको तर त्यो सन्देश देशका राजनीतिक शक्तिहरुले सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उनले सुझाए । यदि कसैले पार्टीको र सरकारको अवस्थामा दखल पु¥याउछ भने उसको पनि इतिहासले निर्मम समिक्षा गर्छ ।  

यो अबस्थामा एकजुट भएर जानुको बिकल्प नरहेको पनि उनले बताए। अहिलेको अवस्थालाई उनले नेकपा बनेपछि टेकअफ गरेको बिमान अहिले बाक्लो बादलभित्र छिरेको रुपमा लिएका छन् । यस्तै अप्ठेरो अवस्थामा नै नेता र नेतृत्वको अग्निपरीक्षा हुने हो उनले भनेका छन् । 

उनले नेपालमा महामारी बल्ल सुरु भएको र यसको नियन्त्रणका लागि पनि सरकारलाई देशको सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक पर्ने भएकोले यस्तो बेलामा सरकार फाल्ने र बनाउने बेला होइन भने । प्राडा.झाले भने- 'हाम्रोजस्ता तेस्रो विश्वका देशहरु यस्ता महामारीको अन्तिममा संकटमा पर्ने गर्छन् र बढी मात्रामा क्षति हुने गर्दछ, त्यसैले अब झन् बढी सचेत र सजग हुनुपर्नेछ ।' 

प्राडा झा चीनको प्रतिष्ठित सियान विश्वविद्यालयका प्राध्यापक र चीन नेपाल मेडिकल रिसर्च सेन्टरका अध्यक्ष हुन् । चिकित्सा क्षेत्रमा चीनका विभिन्न राष्टिय स्तरका पुरस्कारबाट सम्मानित उनी सियानमा बस्छन् । प्राडा.झा चीनका युवा वैज्ञानिक हुन् । उनी नेपाल चीन सम्बन्धका जानकारमध्येका एक नेपाली पनि हुन् ।