९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज टर्बुलेन्समा परेको मात्र हो, दुर्घटना हुदैन- प्राडा राजिव झा



अ+ अ-

काठमाडौँ । नेपालमा चीन मामिलाका एकजना जानकार तथा युवा वैज्ञानिक प्रा डा. राजिवकुमार झाले नेकपामा यतिखेर देखिएको संकटक दुर्घटनाउन्मुख नभएको टिप्पणी गरेका छन् । उनले भने- 'हामी यात्रा गरिरहेका बेलामा आकासमा हावाहुरी र बाक्लो बादलका कारण जहाज केही हल्लिने हुन्छ नि, यतिखेरको अवस्था त्यस्तै हो, यो दुर्घटना नभएर टर्बुलेन्स मात्र हो ।'  

उनले पूर्व माओवादी र पूर्व एमालेबीच एकता भई नेकपा बनेपछि एकजना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपारुपी जहाज 'दुई पाइलटले हाँकेको एक जम्बो जेट हो' भनेको स्मरण गर्दै भने- 'हो, नेकपामा उहाँले भनेजस्तै दुई ओटा र त्यो पनि नेपालको कम्युनिष्ट आन्दोलनका परिपक्व नेता रहेकोले उहाँहरुबाट यो जेट दुर्घटना हुदैन, हुनु पनि हुदैन ।' 

तर दुई पाइलटले हाकेको नेकपाको जहाजमा अहिले टर्बुलेन्स भने आएको उनले बताए । त्यो टुर्बलेन्स चर्को हावा वा वादलमा फसेको वेला आउने र त्यसबेला कुशल एवं परिपक्व पाइलटको योग्यताको परीक्षण पनि हुने धारणा उनले राखे । प्राडा.झाले भने 'मलाई लाग्छ पार्टीमा विवाद आउँदा, कहिलेकाहीँ विकसित परिस्थितिमा मानिसको भूमिका र त्यागको पनि खोजी हुने गर्दछ त्यस्तो बेलामा कुनै एक जिवन्त, देशको ठूलो र सत्तारुढ पार्टीमा विवाद आइनै हाल्छ जुन स्वाभाविक हो भने ।' 

उनले देशमा कम्युनिष्ट शक्तिहरुबीच बेला बेलामा भएका सहमति र समझदारीहरुले देशमा भएका ठूलाठूला परिवर्तनहरुलाई यस्तै संकटका बेलामा स्मरण गर्नुपर्ने पनि सुझाए । उनले भने -हेर्नुस् मत भन्छु यो पार्टीमा सुझबुझ भएका र समय परिस्थितिलाई सहजै र सजिलै चिन्नसक्ने क्षमताका नेताहरु हुनुहुन्छ र उहाँहरुले राष्ट्रियता र स्वाधीनताका लागि लडेका अनेकन अनुभवहरु पनि छन्, त्यस्ता व्यक्तिहरुबाट पार्टीभित्र यस्ता अन्तरविरोधहरुलाई सहजै निकास दिनसक्ने क्षमता छ जुन उहाँहरुले प्रदर्शन गर्नुहुने छ ।'

यस्तो बेलामा नेताहरुले पार्टीलाई जोखिममा पु¥याउदैनन् भन्ने मलाई लाग्छ उनले भने । देशमा राष्टियताको बारेमा हालैमात्र देखिएको अभूतपूर्व एकताले पनि देश यसैगरी विकास र उन्नगतिका लागि पनि एक भएर अघि बढ्नसक्छ भन्ने सन्देश दिएको तर त्यो सन्देश देशका राजनीतिक शक्तिहरुले सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उनले सुझाए । यदि कसैले पार्टीको र सरकारको अवस्थामा दखल पु¥याउछ भने उसको पनि इतिहासले निर्मम समिक्षा गर्छ ।  

यो अबस्थामा एकजुट भएर जानुको बिकल्प नरहेको पनि उनले बताए। अहिलेको अवस्थालाई उनले नेकपा बनेपछि टेकअफ गरेको बिमान अहिले बाक्लो बादलभित्र छिरेको रुपमा लिएका छन् । यस्तै अप्ठेरो अवस्थामा नै नेता र नेतृत्वको अग्निपरीक्षा हुने हो उनले भनेका छन् । 

उनले नेपालमा महामारी बल्ल सुरु भएको र यसको नियन्त्रणका लागि पनि सरकारलाई देशको सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक पर्ने भएकोले यस्तो बेलामा सरकार फाल्ने र बनाउने बेला होइन भने । प्राडा.झाले भने- 'हाम्रोजस्ता तेस्रो विश्वका देशहरु यस्ता महामारीको अन्तिममा संकटमा पर्ने गर्छन् र बढी मात्रामा क्षति हुने गर्दछ, त्यसैले अब झन् बढी सचेत र सजग हुनुपर्नेछ ।' 

प्राडा झा चीनको प्रतिष्ठित सियान विश्वविद्यालयका प्राध्यापक र चीन नेपाल मेडिकल रिसर्च सेन्टरका अध्यक्ष हुन् । चिकित्सा क्षेत्रमा चीनका विभिन्न राष्टिय स्तरका पुरस्कारबाट सम्मानित उनी सियानमा बस्छन् । प्राडा.झा चीनका युवा वैज्ञानिक हुन् । उनी नेपाल चीन सम्बन्धका जानकारमध्येका एक नेपाली पनि हुन् ।