११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलहरूको बैठक बस्दै



fille
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

अध्यक्ष दाहालले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन् । यद्यपि, राप्रपालाई भने प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि सदन अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको पनि माग गरिरहेका छन् ।

दलहरूबीच अहिलेसम्म सहमतिको गाँठो नफुकेकाले आजको संसद् बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन ।