१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’
अ अ+ अ-

काठमाडौँ।हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ । यहाँ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा स्थापित मार्टको पाँचौँ संस्करण हालै काठमाडौँमा सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ सम्म भएको मार्टले अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन, सहकार्य र दिगो पर्यटन विकासका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।

मार्टको पाँचौ संस्करणमा विश्वका ३० मुलुकबाट १०० भन्दा बढी अन्तरराष्ट्रिय सहभागी र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकार भएकाहरूसहित ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

‘माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम’ भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित मार्ट दिगो पर्यटन वृद्धिका लागि अन्तरराष्ट्रिय पर्यटन सहकार्य प्रवर्द्धनमा फलदायी भएको पाटाले उल्लेख गरेको छ ।

मार्टले अन्तरराष्ट्रिय क्रेता, बिक्रेता, सञ्चारकर्मी, पर्यटनव्यवसायी, नीतिनिर्माता र सरोकार भएकाहरूको उत्साहजनक सहभागिताले मार्टलाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा हिचान गराउँदै नेपाललाई ‘गेटवे टु द हिमालय’को रूपमा स्थापित गर्न सशक्त भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारको सहकार्य र सहयोगमा आयोजित मार्टमा व्यावसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमलगायत प्रस्तुत गरिएका थिए ।

मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई ‘गेटवे टु द हिमालय’ को रूपमा परिचित गराउँदै पाटा नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलब्धिको चर्चा गर्नुभयो । उहाँले दिगो, समावेशी र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक–निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तरराष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजना प्रस्तुत गर्नुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईंले नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले ‘हिमाल, उपलब्धि र गति’ भन्ने मूल विषयमा आधारित रहेर विशेष वक्ताको रूपमा सम्बोधन गर्दैै नेपालको पर्यटन विकासका आधारबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विदेशी पाहुनालाई परिचयात्मक भ्रमण गराइएको थियो । उनीहरूले काठमाडौँ, चितवन, पोखरा, पनौती, र धुलिखेलजस्ता गन्तव्यमा पुगेर नेपालका विविध अनुभव अवलोकन गर्नुका साथै भ्रमणबाट नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताउनुभयो ।

उहाँका अनुसार बीटुबी कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्लेषकले आध्यात्मिक, साहसिक, विलासी पर्यटन, सांस्कृतिक बौद्धिकता र समझदारी, दिगोपन, बजार प्रवृत्ति र विश्वपर्यटनको उदाउँदो अवसरबारे विचार आदान प्रदान गरिएको थियो ।रासस