१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

नेपाली सेनाद्वारा पुरानोकोट गढी पुनः निर्माण

नेपाली सेनाद्वारा पुरानोकोट गढी पुनः निर्माण
अ अ+ अ-

लमजुङ। नेपाली सेनाले पुरानोकोट गढी पुनःनिर्माण गरेको छ । बेँसीसहर नगरपालिका–१ मा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणले समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको बेँसीसहर–४ स्थित उक्त गढीको पुनःनिर्माण गरेको हो ।

पश्चिम हेडक्वाटरका पृतनापति उपरथी मधुकरसिंह कार्कीले आज एक कार्यक्रमबीच पुनःनिर्माण गरिएको पुरानोकोट गढी बेँसीसहर नगरपालिकालाई हस्तान्तरण गर्नुभयो । उहाँले नेपाली सेनाले यस्ता पुरातात्विक महत्वका गढीलगायत स्थलको पुनःनिर्माण तथा संरक्षण गर्दै आएको बताउनुभयो ।

त्यस्तै, बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यस्ता पुरातात्विक महत्वको स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता स्थल पर्यटकीय गन्तव्य र इतिहासको साक्षी बन्ने उहाँले बताउनुभयो ।

चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत जनहहित कार्मक्रमअन्तर्गत ऐतिहासिक महत्वको पुरानोकोट गढीको मर्मतसम्भार गरेको र गढीको सरसफाइ गरी नयाँ सामग्रीको प्रयोग गरेर पहिलाकै आवरणको संरचना निर्माण गरेको बताउनुभयो । पुरातत्व विभागबाट प्राप्त स्टिमेटका आधारमा नेपाली सेनाले जीर्ण गढीको मर्मत गरेको उहाँको भनाइ छ ।

“ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका दरबार, गढी, किल्ला, पदमार्गहरुको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित नेपाली सेनाले जिम्मेवारी क्षेत्रमा रहेका गढी किल्लाहरुको मर्मतसम्भार गर्ने कार्यक्रम तय गरेअनुसार गणको जनशक्तिबाट पुरानोकोट गढीको मर्मत कार्य गत माघ २८ गतेदेखि थालनी गर्दै केही समयअघि सम्पन्न भएको हो”, प्रमुख सेनानी कार्कीले भन्नुभयो । करिब रु सात लाख बजेटमा सो स्थलको पुनःनिर्माण गरिएको हो ।

पुरानोकोट गढी तत्कालीन लमजुङका राजा यशोबह्म शाहले १६औँ शताब्दीमा बनाएका हुन् । सामरिक महत्वको यो गढी तत्कालीन लमजुङ राज्य गाउँशहरको पश्चिमतर्फको प्रमुख सुरक्षा स्थल मानिन्छ । शाहवंशीय राज्यकालको उद्गम थलो लमजुङ हो भने त्यसैको विरासत र साक्षी हो पुरानोकोट गढी ।

कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई १५४० सालमा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ ।

सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५५० असार १५ गते राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहास छ । यशोबह्म शाहको पालामा निर्माण भएको पुरानोकोट गढी उनका छोराहरुको पालासम्म पनि प्रयोग भएको थियो । तर पछि शाह राजा हटेपछि भने सो गढी भग्नावशेष हुँदै गएको थियो ।

शाह राजाहरु बसेको लमजुङ दरबार जीर्ण भएपछि पुरातत्व विभागले तीन वर्षदेखि पुनःनिर्माण थालनी गरे पनि बजेट अभावमा सम्पन्न हुन सकेको छैन । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको निर्माणाधीन लमजुङ दरबारले गति लिन सकेको छैन ।

बजेट अभावमा लामो समयदेखि निर्माण कार्य अलपत्र छ । लमजुङ दरबार दुई वर्षभित्र सक्ने भन्दै आर्थिक वर्ष २०७९÷८० देखि सुरु भए पनि अझै अपूरो रहेको छ । रासस