४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन सत्ता र विपक्षीसँग सभामुखको छलफल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका सचेतक र मुख्य सचेतकसँग आज पनि छलफल गरिरहेका छन् ।

सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतक/मुख्य सचेतकसँग सभामुखले छलफल गरिरहेका हुन् ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन् ।

जेठ १५ गते बजेट ल्याउने दिनमात्रै संसदको अवरोध खुलाए पनि त्यसयता लगातार संसद चल्न सकिरहेको छैन ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।