१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

‘शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ’

‘शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ’
शिक्षामन्त्री पन्त–मन्तव्य अन्नपूर्ण (कास्की), २३ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त शुक्रबार पोखरामा प्रधानाध्यापक सङ्घ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः धनबहादुर गुरुङ÷रासस
अ अ+ अ-

कास्की। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताउनुभएको छ ।

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको उल्लेख गर्नुभयो ।

शिक्षा विधेयक पारित गर्न शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासङ्घसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । “उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास दु्रतगतिमा अगाडि बढ्ने विश्वाससहित महासङ्घसँग सहकार्य र समन्वय आवश्यक परेको हो”, उहाँले भन्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राख्नुभयो । “विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ, त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ । चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उहाँले सम्पूर्ण शिक्षकलाई आग्रह गर्नुभयो । “प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्नमाध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

शिक्षक महासङ्घसँग भएका नौ बुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले विद्यालय तहको शिक्षामा सुधार गर्ने प्रमुख जिम्मेवारी प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकको भएकाले विद्यालयमा शैक्षिक वातावरण बनाउन आग्रह गर्नुभयो । “शिक्षकहरूले आफ्नो अधिकारमात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै शिक्षामा नयाँ प्रविधि र अभ्यास प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । सम्मेलनमा सातवटै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय, पालिका तथा दीर्घसेवा प्रदान गर्नुभएका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले शिक्षा क्षेत्रका समग्र पक्षलाई समेटेर पोखरा घोषणापत्र जारी गरिने पानले जनाएको छ । उक्त कार्यक्रम पानका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस