२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशव्यापी सेवा बिस्तार गर्ने योजना सार्वजनिक



अ+ अ-

काठमाडौं । नेशनल बाथरोग सेन्टर १२औँ बर्षमा प्रवेश गरेको छ । १२ औ बार्षिक उत्सबमा अबसरमा आयोजित कार्यक्रममा सेन्टरले सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त जनाएको छ ।

वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्न सुझाब दिनुभयो । उहाँले सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गर्नुभयो ।

समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रबन्ध निर्देशक कक्षपतिका अनुसार बाथरोगको पहिचान गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उद्देश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।

वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

सेन्टरका अनुसार हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेका छन्। सेन्टरमा ले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधार उपाए सुझाब तथा सेवा दिदै आएको छ ।

सेन्टरका अनुसार विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।

सेन्टरका अनुसार यस वर्ष डा मनिषा भोछिभोया तथा डा आदिप अरुण श्रेष्ठले यो फेलोसिप सफलतापूर्वक पूरा गरेका छन् ।

 

नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सहज बनाएको छ ।

सेन्टरले पहिलोपटक नेपालमै युर्मा भिजन सम्मेलन आयोजना गर्दै दक्षिण एशियामै आफ्नो प्रविधि र दक्षता प्रतिस्पर्धी बनाएको छ। यस्तै, बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न, सेन्टरले मोबाइल एप पनि प्रारम्भ गरेको छ, जसमार्फत बिरामीले चिकित्सकसँग तत्काल सम्पर्क गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।

हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको सदस्य कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको जनाएको छ