५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा करेन्ट लागेर आठ जना घाइते



अ+ अ-

झापा। कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् ।

स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उहाँहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् ।

घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  आजै कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल हुनुहुन्छ ।

आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिराटनगरस्थित  टिचिङ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  रासस