६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला



अ+ अ-

कैलाली। जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।

एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको तीन सय ५५ भन्दा कम मात्रा खान उपयुक्त मानिन्छ भने चार सय ५५ भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।

कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशतभन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथि रोकावट प्रतिशत मानिने भएकाले नष्ट गर्नुपर्ने हुन्छ ।

उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएपछि गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहवरमा नष्ट गरिएको हो । प्रवक्ता भट्टले उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गर्नुभयो ।

पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँप आइपुगेको भन्दै उपभोगमा सर्तकता अपनाउन सुझाव दिइएको छ । तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी बढाइएको बताउनुभयो । उहाँले कृषकलाई विषादी प्रयोगबारे सचेत रहन पनि आग्रह गर्नुभयो ।

यसअघि सो तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण एकाईले गोलभेँडामा पनि अत्यधिक मात्रामा विषादी फेला पारेको थियो ।
रासस