६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको बाम्का बजारमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ ।

बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

अहिलेसम्म १७ वटा पसल जलिसकेका छन् ।

आगलागी निभाउने कार्य जारी छ । दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ ।

आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । हाल प्राप्त जानकारी अनुसार मानवीय क्षति भने भएको छैन ।