६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमी जटीलताका कारण पाकिस्तानका विद्यालय बन्द



अ+ अ-

एजेन्सी । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् ।

गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।

गर्मीले मे महिनामा पञ्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो ।

पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताउनुभयो ।

सरकारी तथ्याङ्क अनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहँचभन्दा बाहिर छन् । यसैगरी, ६५ प्रतिशत बालबालिकाहरू १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् ।

वायु प्रदूषणका कारण गत बर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो । यो बर्ष जनवरीमा चिसोका कारण तिन हप्ता बिदा भएका थिए भने मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहनेछन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले गर्दा तीन वर्षसम्म लगातार गर्मी बिदा गर्नुपर्ने अवस्था निम्त्याएको छ ।

दक्षिणी सिन्ध प्रान्तमा पनि अभिभावकहरूको बढ्दो मागका बावजुद अधिकारीहरूले गर्मीसँग सम्बन्धित शैक्षिक बन्दको विरोध गरेका छन् ।

“यस्तो मौसममा अविभावकहरू बालबालिकालाई विद्यालय पठाउन गाह्रो मान्ने गरेका छन्,” स्थानीय एक निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले बताउनुभयो ।

मौसमी जटिलताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य प्रभावित भइरहेको अल सिन्ध प्राइभेट स्कुल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताउनुभयो ।

शिक्षक, अभिभावक र शिक्षा विज्ञहरू विद्यालय र परीक्षाको समय तालिका तथा बिदाहरूमा पुनर्विचार गर्नुपर्ने बताउँछन् ।

विश्व बैङ्कका वरिष्ठ शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावले बालबालिकाको सिक्ने समयलाई असर गरिरहेको बताउनुभएको छ ।

सिन्ध प्रान्तमा विश्व बैङ्कको ऋणबाट वित्त पोषित भई सुविधा सम्पन्न विद्यालयहरू निर्माण भइरहेका छन् । यहाँ बालबालिकाहरू मौसमी जटीलताको सामना गर्दै पठन पाठन गर्न सक्छन् ।

तर पाकिस्तानका अन्य ग्रामीण स्थानहरूमा सन् २०२२ को बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएका थिए । ती स्थानमा बालबालिकाहरू विद्यालय भवन बाहिर असुरक्षित रुपमा सिक्न बाध्य छन् ।