११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन
अ अ+ अ-

काठमाडौँ ।  नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल केन्द्रिय तदर्थ समिति भंग गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य रोजन राईले भ्रातृ संगठन तदर्थवादको नाममा एक दशकसम्म रहनुले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताउनु भयो । उहाँले  तदर्थ समिति बनेको तीन वर्ष भएपनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको आरोप लगाउनु भयो । अधिवेशनको नाममा तरुण दलका सदस्यहरुलाई समेत थाहा नदिई तरुण दलभित्रै हानाहान र काटमारको अवस्था सिर्जना गरेको आरोप लगाउनु भयो । उहाँले काँग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो। कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो । तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रिय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छ केन्द्रिय समितिले थाहा पाउनु जरुरी छैन र ? यसैको परिणाम आज तीन वर्ष सम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी बस्नु परिरहेको छ ।’

नेपाल तरुण दल विगत ९ वर्षदेखि तदर्थ समितिको भरमा चलिरहेको छ । २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन ।