९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’
अ अ+ अ-

गलकोट । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उहाँ बहिरी हुनुहुन्छ, त्यसैले उहाँलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्को चिच्याउने हो त्यही पनि मध्यरातमा ।

बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ । यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् ।

भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । साग्दी सत्यवती बर्जु मन्दिरमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ ।

अहिलेसम्म एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार निर्माण भइसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । २०७४ सालदेखि मन्दिरमा संरचना बनाउन थालिएको र अहिलेसम्म एक करोडको पूर्वाधार निर्माण भइसकेको छ । प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान व्यवस्थापन तथा पर्खाललगायतका पूर्वाधार निर्माण गरेपछि मन्दिर चिटिक्क देखिएको छ ।

मन्दिरभित्र सत्य देवीको मूर्ति रहेको छभने मन्दिर नजिकैको जलकुण्ड छ । जलकुण्डको पानी वर्षैभरि एकैनास रहने गर्दछ । यस मन्दिरमा मध्यरातमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहँदै आएको छ । मन्दिरमा भाकल गरेको कुरा पूरा भएको भन्दै पुनः मन्दिरमा आउनेहरुको सङ्ख्या समेत उल्लेख्य रहेको वडाध्यक्ष शेरबहादुर खनालको भनाइ छ । मन्दिरमा बर्सेनि मङ्सिर शुक्ल पक्ष धान्य पूर्णिमाका दिन विशेष पूजा गर्दै जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन रहेको छ ।

मन्दिर निकै पुरानो भएको प्रमाणित गर्ने १९२४ साल लेखेको घण्टी रहेको छ । मन्दिरमा रहेको १७५ वर्ष पुरानो घण्टीले मन्दिर र यसको इतिहास निकै पुरानो भएको प्रमाणित गर्ने साग्दी सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउनुहुन्छ ।

त्यहाँ आएका पर्यटकहरुबाट गतवर्ष मात्रै पाँच लाख भेटी सङ्कलन भएको थियो । उक्त भेटीले मन्दिर मन्दिर निर्माणलगायत संरचानामा खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका अनुसार अध्यक्ष होमबहादुर श्रीसको भनाइ छ ।

मन्दिरलाई सत्यका रुपमा पूजा गरिँदै आइएको छ । परापूर्वकालमा मन्दिर भएको स्थानमा गौचरन रहेको थियो । “गौरचनको मुख्य भागमा पानीको कुण्ड रहेको र पानीको कुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुङ्गा तथा मुडाहरु राख्ने गरेका थिए, तर भोलिपल्ट गोठालाले कुण्डमा राखिएको मुडा र ढुङ्गा नदेखेपछि यस कुण्डमा सत्यता रहेको भन्दै बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइएको थियो” व्यवस्थापन समितिका अध्यक्ष श्रीसले भन्नुभयो, “धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको विशेष सत्यता मानिने जलकुण्ड हुग्दिशिर बराहकोटका मनबीर काउचाले १९२५ सालमा फेला पारी त्यस जलकुण्डको धार्मिक सत्यता छ भनी पूजा गरिँदै आएको हो ।”

यस्तै गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खस्न गई गाईबाट कान नसुन्ने माताको उत्पन्न भएको किंवदन्ती रहेको छ । सत्यवती बर्जु माताले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने गरेको छ । राति १२ बजेदेखि बिहान ३ बजेभित्र चिच्याएर वर माग्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरको कुवामा एक पटक र मन्दिर माथिको खाल्टोमा अर्को पटक चिच्याएर वर माग्ने गरिन्छ ।

दिउँसो मागेको वर लाग्दैन र वर माग्दा एकले अर्कोलाई चिन्नु हुँदैन भन्ने विशवासका कारण रातको समयमा माग्ने परम्परा रहेको छ । यहाँ बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौँ, बुटवल भैरहवालगायतका देशका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् ।

भक्तजनले मागेका कुराहरू सत्यवती बर्जुले पूरा गरिदिने धार्मिक जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने प्रचलन रहँदै आएको छ । खेमराज गौतम / रासस