११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनाः गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनाः गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गर्नुभएको छ ।

शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्बन्धमा विस्तृत जानकारी समेत लिनुभयो । उहाँले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताउनुभयो । “शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ ।”

उहाँले खतराजन्य उद्धारमा खटिने प्रहरी कर्मचारीको बिमालगायत विषयमा थप बजेटका लागि मन्त्रालयले प्रयास गर्ने बताउनुभयो । उहाँले यसप्रकार घटना पुनरावृत्ति नहुने गरी सबै कुराको यथेष्ट ध्यान पु¥याएर गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद ९गोताखोर० बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव आज बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पु¥याइएको छ ।

मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभयो ।

राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा कार्यरत थिए ।

घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिव जयनारायण आचार्य, मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतका अधिकारीहरु सशस्त्र प्रहरी प्रधान कार्यालय पुग्नुभएको थियो ।