६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । थापाले आफ्नो फोटो खिचिरहेका पत्रकारको क्यामेरामा मुक्का प्रहार गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपाल काठमाडौं फर्केपछि पार्टी नेताहरूसँग छलफलमा जुटेका थिए ।

छलफलकै लागि नेपालले वरिष्ठ अधिवक्ता थापा र गोविन्द बन्दीलाई पार्टी कार्यालयमै डाकेका थिए । नेपालसँग छलफल सकेर पार्टी कार्यालयको गेटबाट बाहिरिँदै गरेका थापालाई पत्रकारहरूले क्यामेरामा कैद गर्दै केही प्रश्न सोध्न खोजेका थिए । तर अनुमति नलिई फोटो लिएको भन्दै थापाले पत्रकार कार्कीको क्यामेरामा प्रहार गरेका हुन् ।

थापाले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले प्रतिवाद गरेपछि केहीबेर विवादसमेत भएको थियो ।

त्यसपछि एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले थापालाई गाडीतिर पुर्याएका थिए।

यो घटनालाई लिएर थापाको आलोचना भइरहेको छ । घटनाप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ ।