११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट



अ+ अ-

जनकपुर। मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एशियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा स्वमूल्याङ्कन विधिबाट अगाडि बढाइएको हो ।

आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटगरी मूल्याङ्कनको प्रगतिबारे जानकारी गराएको हो । एडिबी निर्देशक श्रीनिवासन जनार्दनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्याङ्कन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, साथै एडिबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो ।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्याङ्कन अघि बढाएको हो ।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्याङ्कन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ ।रासस