१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण

जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ। एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ ।

वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्त्वपूर्ण कदमलाई दर्शाउँदै कम्पनीले उक्त स्कूल भ्यान हस्तान्तरण गरेको हो । यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाडौँमा आयोजना गरिएको थियो, जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो।

फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको छ। विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त।

यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएम सम्मको टर्क दिन्छ र चुनौतिपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ।

यसले उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ। यो भ्यानको चौडा भित्री भाग, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुलजस्ता विद्यालयका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको छ।

यी भ्यानहरू एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरेका हुन्। एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो।

यो कदमले विद्यालयको दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गर्दछ। फोटोन माउन्टेन इभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको छ।

यस्ता इभी भ्यानले विद्यार्थीहरूलाई सुरक्षित र आरामदायी रूपमा ओसारपसार गर्नुका साथै विद्यालयको कार्बन उत्सर्जन घटाउन सघाउँछन्। ईलेक्ट्रिक मोबिलिटीलाई आत्मसात गरेर, जेभियरले आफ्नो लजिस्टिक्स पूर्वाधारमा सुधार गर्दैछ र अन्य साझेदारहरूको लागि पनि एक उत्कृष्ट मोडेल स्थापित गर्दैछ।

हस्तान्तरण कार्यक्रममा तुषार गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिँदै भने, “हामी जेभियर इन्टरनेशनल स्कूलसँगको यस सहकार्यमा गर्व गर्छौं। यी इभी स्कूल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन्।”

त्यसैगरी, नवीन आचार्यले भने, “फोटोन माउन्टेन इभीले सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन गरेको छ। हामी आशावादी छौं कि यो सहकार्यले विद्यार्थी, अभिभावक र सम्पूर्ण समुदायलाई नै फाइदा पुर्‍याउनेछ।”

जेभियर इन्टरनेशनल स्कूलका प्रतिनिधिहरूले पनि यो नयाँ चरणप्रति उत्साह व्यक्त गरे। उनीहरूले वातावरणमैत्री रहँदै उत्कृष्ट शिक्षा दिने आफ्नो चाहना रहेको बताए। त्यसका लागि नै इभीमा लगानी गर्ने महत्त्वपूर्ण निर्णय गरिएको बताए।

यो कदमसँगै जेभियर इन्टरनेशनल स्कूल नेपालमै ठूलो संख्यामा इभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ। यो कार्यक्रमले गाडी हस्तान्तरण मात्र नभई सफा र स्मार्ट भविष्यतर्फको साझा दृष्टिकोणलाई पनि उजागर गरेको छ।