५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गर्नुभएको छ ।

नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताउनु भयो । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उहाँको भनाइ छ । मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिवद्धता जनाउनु भयो । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने बताउनु भयो । महमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘उत्पादनमा जोड दिनुस् । उत्पादनमा जोड दिइसकेपछि बजारीकरणको समस्या रहँदैन । बजारीकरणको समस्या हामी समाधान गर्नसक्ने अवस्थामा पुग्नसक्छौँ । मह उत्पादन गर्ने साथीहरुले वित्तीय संस्थाहरुले पनि लगानीका लागि वातावरण तयार गरिदिने हो भने उत्पादनका लागि समस्या हुँदैन । उत्पादनमा चरणको समस्या छ । राजनीतिक रुपमा आएको संघीयताले पेशा व्यवसयाय गर्न पनि समस्या पा¥यो भन्ने सन्दर्भ पनि आएको छ । त्यस्तो असजिलो परिस्थिति उत्पन्न हुन दिनु हुँदैन । यसको लागि राज्यले गर्नसक्ने गर्छ ।’

मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताउनु भयो । उहाँले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताउनु भयो । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।