३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वातावरण दिवसको अवसरमा चन्द्रागिरि हिल्सद्वारा पानीघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौं :विश्व वातावरण दिवसको अवसरमा आज चन्द्रागिरि हिल्स लिमिटेडको आयोजनामा थानकोट, पानीघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

चन्द्रगिरि हिल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधान, सहायक महाप्रबन्धक प्रबिन्द्र सिंह, वित्त प्रमुख विनायक पोख्रेल, प्रसाशन प्रमुख झलक राज शर्मा लगायत अन्य विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको सक्रिय सभागितामा प्लाष्टिक प्रदुषण न्यूनीकरणस् हाम्रो दायित्व भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम सब-डिभिजन वन कार्यालय, थानकोटसँगको सहकार्यमा सम्पन्न भएको हो।

बिहान ८स् ०० बजे सुरु भएको उक्त वृक्षारोपण कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका करिब ४० जना कर्मचारीका साथसाथै करिब २० जनाको संख्यामा आमन्त्रित पाहुनाहरूको समेत उपस्थिति रहेको थियो।

वृक्षारोपण स्थल चन्द्रागिरि सचेत महिला सामुदायिक वन उपभोक्ता समितिद्वारा प्रदान गरिएको चुनदेवी माध्यमिक विद्यालय अगाडि रहेको सडक छेउको खुला जमिनमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि रहनुभएको थियो भने  नगरपालिकाका प्रबक्ता तथा वडा नं. ४ का वडाध्यक्ष  कृष्ण प्रसाद खड्गी, सब- डिभिजन वन कार्यालय थानकोटका प्रतिनिधि, जिल्ला वन कार्यालयका अधिकृतको समेत उपस्थिति रहेको थियो भने त्यस क्षेत्र आसपासका गुमल चौकी, महांकालस्थान,गणेश देबी – वन देबी तथा चन्द्रागिरि सचेत महिला गरि चार वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

वृक्षारोपण कार्यक्रम अन्तर्गत चन्द्रागिरि सचेत महिला सामुदायिक वन उपभोक्ता समितिको मातहतमा रहेको सडक छेउको खाली जमिनमा करिब ४० वटा विरुवा रोपिएको थियो जसमा अन्य करिब ६०थान बोटबिरुवा सोही वन समितिका अध्यक्ष अमृत लामाज्युलाई हस्तान्तरण गरिएको थियो ।

वृक्षारोपण पछि चुनदेवी माध्यमिक विद्यालयको मैदानमा कम्पनीका मानव संसाधन प्रमुख झलक राज शर्माको संचालनमा छोटो अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो जसलाई नगरप्रमुख घनश्याम गिरि, सब डिभिजन वन कार्यालय थानकोटका प्रतिनिधि बिन्दु सुबेदी, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी र सोहि बिद्यालयका प्रधानाध्यापक श्री मेगेन्द्र लामा लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै बक्ताहरुले बातावरण संरक्षण र यसको महत्व ,प्लास्टिकजन्य पदार्थहरुको वातावरणीय प्रभाव र न्यूनीकरणका उपाय, फोहोरव्यवस्थापन,वृक्षारोपण, दिगो विकास लगायतका विषयहरुमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्री घनश्याम गिरीले चन्द्रागिरि क्षेत्र काठमाडौँको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई जोगाएर पर्यावरणमैत्री बनाउने महत्वमा जोड दिनुभएको थियो। साथै, चन्द्रागिरि नगरपालिकाले वातावरणीय संरक्षण तथा प्रवर्धनका निमित्त नियमित रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको समेत जानकारी गराउनुभएको थियो