११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा पोल ढलेर लाग्दा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ललितपुरकै ५५ वर्षीय रमेश खड्गी रहेका छन् ।

डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसिबिले विद्युत्‌को पोल अडाउने र सार्ने काम गर्ने क्रममा पोल ढलेको थियो ।

मृतक खड्गी बाटो ममर्त चलिरहँदा छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको मृत्युपछि आक्रोशित स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।