२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले राखेको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौँ । संसद्मा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले संसद् अवरोध गर्दै आएका छन् ।

यसबारे सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

तर, एक नेताका अनुसार बैठकमा कुनै सहमति बनेको छैन । आज दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुचारु हुन सकेको छैन । हिजो पनि सहमति नजुट्दा बैठक आजसम्मको लागि स्थगित गरिएको थियो ।

विपक्षीले उच्चस्तरीय छानबिन आयोग वा समिति बनाउनुपर्ने प्रस्ताव अघि सार्दा सत्तापक्ष भने गृहमन्त्रीले सदनमा बोल्न नपाई विपक्षीको मागबारे छलफल नगर्ने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।