१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

इतिहास रच्दै लायन मिलन थापा मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित

इतिहास रच्दै लायन मिलन थापा मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित
अ अ+ अ-

काठमाडौं। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को ५४ वर्षको इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। डिष्ट्रिक्ट ३२५ जे की गभर्नर लायन मिलन थापा आगामी लायन वर्ष २०२५ का लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन्।

निर्वाचनका लागि तोकिएको समयसीमाभित्र थापाको मात्र उम्मेदवारी परेको हुँदा उनी निर्विरोध बन्न पुगेकी हुन्। औपचारिक घोषणा भने आगामी मल्टिपल कन्भेन्सनमा प्रज्ञा प्रतिष्ठानमा गरिनेछ।

लायन थापा लामो समयदेखि महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सक्रिय हुँदै समाजसेवामा समर्पित रहिएकी छिन्। उनको यो विजयलाई नेपाली लायनिज्ममा समावेशी नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ।

साथै, मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सी का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा पनि निर्विरोध निर्वाचित भएका छन्। भाईस काउन्सिल चियरपर्सन पदका लागि भने तीन जनाको उम्मेदवारी परेको छ।

निर्वाचनपछि थापाले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास रचेको बताउँदै, यो पद समर्पण र परिवर्तनको अवसर भएको उल्लेख गरिन्। साथै, सबैको साथ र सहयोगप्रति आभार प्रकट गर्दै जिम्मेवारीमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरिन्।