२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, २० जेठः टंगाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा मङ्गलबार आयोजित कार्यक्रमलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ ।

टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।”

उहाँले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“हाम्रो शैक्षिक नीति, शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण पद्धति समयानुकूल हुनु आवश्यक छ । शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणका लागि गरिने अमूल्य लगानी हो । त्यसकारण शिक्षा लगानी बढाउन कुनै सङ्कोच मान्नुपर्दैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न महानगरले काम गरिरहेको बताउनुभयो । “शिक्षाको महत्त्व बुझेर नै शिक्षा प्रणालीमा सुधार गर्न सङ्घीय बजेटसँगै हामीले थप गरेर शिक्षाका क्षेत्रमा काम गरिरहेका छौँ । बालबालिकाको उज्ज्वल भविष्यका लागि महानगर सदैव चनाखो भएर काम गरिरहेको छ । समयानुकूल शिक्षा परिमार्जित हुनुपर्छ भन्ने लागेर हामीले किताबी ज्ञानसँगै शिक्षामा सीपका लागि किताबरहित शुक्रबारको अवधारणा ल्याएका हौँ । यसले किताबकै कुरालाई व्यवहारिक रूपमा सिकाउने गरेको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

काठमाडौँ–५ तथा टङ्गाल मावि व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले सबै पक्षको सहयोगले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै अभिभावकको मन जित्न सफल भएको बताउनुभएको । “प्रयास गर्‍यो भने हामी सफल हुन्छौँ, हामीले प्रयास गरेर यसलाई राम्रो बनाउन सफल भएका छौँ । यो वडामा टङ्गाल मावि मात्र एउटा सामुदायिक विद्यालय हो, तर यो अन्यभन्दा कुनै हिसाबले कम छैन । यसलाई आगामी दिनमा हामी अझै प्रभाकारी बनाउँदै अगाडि बढाउने छौँ, यहाँ देखिएको कमीकमजोरीलाई छिट्टै हटाउने छौँ”, वडाध्यक्ष प्रजापतिले भन्नुभयो ।

उक्त अवसरमा विद्यार्थीले देशभक्ति भाव रहेका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयले शिक्षक र विद्यार्थीसँगै विद्यालयमा आर्थिक सहायता गर्ने समाजसेवीलाई सम्मान गरेको थियो । रासस