९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विराटनगर र पोखरामा एकै दिन आजपाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर र पोखरामा एकै दिन आजपाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अ अ+ अ-

विराटनगर । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको बताएका छन् ।

आजपा कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार र गठबन्धन दल भगौडा दलाल बर्गको संरक्षण गरिरहेको आरोप लगाए ।

अहिलेको सरकारले नेपालको पूँजी कसरी हुन्छ विदेशमा लैजाने बर्गको पक्षपोषणमा लागेको बताउदै थापामगरले मुलुकको आर्थिक अवस्था झनझन बिग्रदै गएको बताए । उनले मुलुकमा देखिएको अहिलेको सम्पूर्ण समस्याहरुको समाधान लुटकारी दलतन्त्रको अन्त्य हुनुपर्ने बताए ।

आजपाले आजै विराटनगरका साथै काठमाडौं, पोखरामा समेत अन्तरक्रिया कार्यक्रम गरेको छ । गणतन्त्रको सन्दर्भ पारेर आजपाले प्रमुख शहरमा अन्तरक्रिया कार्यक्रम गरेको हो । यस्तै अब नेपालगंज, जनकपुरमा समेत यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको आजपा नेता त्रिभुवन साहले जनाएका छन् ।

विराटनगरमा आजपा कोशी प्रदेशका अध्यक्ष जुडिलाल मोचीको अध्यक्षतामा भएको कार्यक्रममा थापामगरका साथै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता विमल निरौला, नेसपा नयाँ शक्तिका नेता नवराज दाहाल, नेकपा कोशी प्रदेशका अध्यक्ष सतिलाल थारु, बैंक ऋणी पीडित संघका सुशिल सापकोटा, मजदुर नेता खगेन्द्र भण्डारी, लघुवित पीडित संघर्ष समितिका अध्यक्ष गायत्री राई, आजपा नेताहरु अशोक शर्मा, भनु कौराल लगायतकाले सम्बोधन गरेका थिए ।

यसैगरी पोखरामा आजै आजपा गण्डकी प्रदेशको आयोजनामा ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आजपा गण्डकी प्रदेशका अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालय सदस्य एवं वागमती प्रदेशका इन्चार्ज ज्ञानेन्द्र तामाङ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

विराटनगर, पोखरा जस्तै काठमाडौंमा समेत आजपा अध्यक्ष प्रभु साहको विशेष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।