काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम अस्पताल भर्ना भएका छन् ।
मस्तिष्कघात भएका उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्याएको थियो ।
बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको बताइएको छ । एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो ।
बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो ।











