४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलोन मस्कले छोडे डोनाल्ड ट्रम्पको साथ



अ+ अ-

एजेन्सी । टेस्लाका मालिक तथा अमेरिकी अर्बपति एलोन मस्कले ट्रम्प प्रशासन छोडेका छन् ।

उनले नेपाली समय अनुसार बिहीबार बिहान ५ः४५ बजे सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएका हुन् ।

मस्कले भने कि विशेष सरकारी कर्मचारीको रूपमा आफ्नो समय सकियो । उनले यो जिम्मेवारीको लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद पनि दिए ।

ट्रम्पले मस्कलाई सरकार दक्षता विभाग (डिओजीइ) को जिम्मेवारी दिएका थिए । जसको काम सरकारको फजुल खर्च घटाउनु थियो ।

जानकारी अनुसार, राष्ट्रपति बनेपछि, ट्रम्पले मस्कलाई मे ३०, २०२५ सम्म मात्र डिओजीइ प्रमुखको रूपमा नियुक्त गरेका थिए । यसको अर्थ मस्कको कार्यकाल उनले राजीनामा दिएको एक दिन पछि समाप्त हुँदै थियो ।

मस्कको राजीनामाको सही कारण खुलाइएको छैन, तर उनी ट्रम्पले बिग ब्युटिफुल भनेर वर्णन गरेको विधेयकको विरोध गरिरहेका थिए । मस्कले भनेका थिए कि डिओजीइको उद्देश्य खर्च घटाउनु हो र यो विधेयक त्यसको विरुद्धमा छ ।

मस्कले आफूलाई राजनीतिबाट टाढा राख्ने बुझिएको छ । केही मिडिया रिपोर्टहरूका अनुसार, मस्क अब सरकारी भूमिका छोडेर फेरि टेस्ला र स्पेसएक्स जस्ता आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न लागेका छन् ।