४ भाद्र २०८३, बिहीबार
,
Latest
इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूजर्सीमा नेपाल दिवस मनाईदै



अ+ अ-

अमेरिका । अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम गरिने भएको छ । न्यूजर्सीमा रहेका विभिन्न संघसंस्थाको आयोजनामा यहि शनिबार न्यूजर्सीको फेरलन सिटीमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमलाई सफल बनाउन नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले बक्तव्य जारी गर्दै नेपाल डे मा सहभागि हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आव्हान गर्नु भएको छ । वक्तव्यमा भनिएको छ– ’हाम्रो पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको सम्र्बद्धन नेपालमा मात्र नभई नेपालीहरु रहेका हरेक ठाँउबाट हुँदै आएको छ । जहाँ रहे पनि हामी नेपाली हौं । हामीलाई हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यता प्राण भन्दा पनि प्यारो छ ।’

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको सहकार्यमा पहिलो पटक नेपाल डे हुन लागेको हो । कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रबद्र्धनसंगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने प्रवद्र्धक श्रेष्ठले दावी गर्नु भएको छ । कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दै वक्तव्यमा भनिएको छ– ’कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरुले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो ।’

उहाँले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरुलाई सहभागिताका लागि आव्हान गर्दै सवै मिलेर सगरमाथाको देश, बुद्ध जन्मेको पवित्र भूमि नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रबद्र्धनमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने आयोजकको दावी छ । त्यस्तै कार्यक्रममा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । कार्यक्रमका लागि सतेन्द्र शाहलाई कन्भेनर तोकिएको छ ।