१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क काठमाडौंमा

दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क काठमाडौंमा
अ अ+ अ-

काठमाडौं । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो। संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्। उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए। त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो। यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ। बौद्धस्थित तिब्बतीको कार्यालय (सेटलमेन्ट अफिस) स्थित कम्युनिटी हलमा उपस्थित तिब्बतीले दलाईको तस्बिरमा पूजा गरी सुस्वास्थ्यको कामना गरे। उनीहरूले दलाईका नाममा दीप प्रज्वलन गरे। कोराना भाइरस नियन्त्रण होस् भनेर विशेष पूजासमेत लगाए।

प्रतिकूल अवस्थाका कारण यसपटक उनीहरूले कूटनीतिक क्षेत्रका प्रतिनिधिलाई नबोलाएका हुन्। अमेरिकी दूतावासले भने आफ्नो फेसबुक पेजमार्फत १४ आंै दलाई लामालाई ८५औं जन्मदिनको शुभकामना दिएको छ। तिब्बतीले यसपटक लामाको जन्मदिन मनाउन कुनै तामझाम गरेका थिएनन्। विगतमा अमेरिका, बेलायत, जापान, स्विठ्जरल्यान्ड, भारत, युरोपेली संघलगायत मुलुकका राजदूत र तिनका प्रतिनिधिलाई निमन्त्रणा गरिन्थ्यो। तिब्बती समुदायले फागुनमा मनाएको ल्होसारमा भने नेपालमा रहेका कूटनीतिक समुदायका प्रतिनिधिको बाक्लो उपस्थिति देखिएको थियो। लकडाउन कायमै भएका कारण नेपाल सरकारले लगाएको नियमबमोजिम थोरै संख्यामा उपस्थित भएर दलाई लामाको जन्मोत्सव मनाइएको ग्यात्सोले बताए।

गृह मन्त्रालयले गत वर्ष तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको थियो। तिब्बती समुदायले गत वर्ष स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा कार्यक्रम गर्ने तयारी गरेको थियो। उनीहरूले २०७५ सालमा जाउलाखेलमा गरेको कार्यक्रममा भने कूटनीतिक समुदायको बाक्लो उपस्थिति थियो।

बौद्धमा २०७२ मा जन्मोत्सव मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो। त्यस बेला ताम्दिङ दोर्जे तुलाधर नेपालस्थित शरणार्थी शिविरका संयोजक थिए। तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले तिब्बतीको कार्यक्रममा रोक लगाएका थिए। राष्ट्रपति अघिल्लो वैशाखमा चीन भ्रमणमा रहँदा दलाई लामासम्बन्धी विदेशी समाचार राष्ट्रिय समाचार समितिमा अनुवाद गरेर राखेको भन्दै सरकारले पत्रकारलाई कारबाही गरेको थियो। अन्नपुर्णपोष्ट दैनिक