१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

विश्वविद्यालयका स्थगित परीक्षा गराउने/नगराउने डेढ साताभित्र निर्णय हुने

विश्वविद्यालयका स्थगित परीक्षा गराउने/नगराउने डेढ साताभित्र निर्णय हुने
त्रिभुवन विश्वविद्यालय
अ अ+ अ-

काठमाडौँ । विश्वविद्यालयका स्थगित परीक्षाबारे डेढ साताभित्र निर्णय हुने भएको छ।

लकडाउनका कारण चलिरहेको स्नातकोत्तर तह दोस्रो वर्ष, वैशाख १६ गते देखि हुने स्नातक चौथो वर्षको कार्यतालिका भएपनि स्थगित गरिएको परीक्षा र अन्य सेमिस्टारका परीक्षा बारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र निर्णय गर्ने भएको हो।

परीक्षासम्बन्धी गठित समितिबीच अहिले छलफल भइरहेको र अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुने विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय नगरेको जोसीले बताए । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ। त्यसको आधारमा निर्णय लिइने छ।

जोसीले बताएअनुसार तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्‍यो,बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।’

त्रिविको शैक्षिक क्यालेन्डर अनुसार वैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तेस्रो वर्षको, असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौ ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने मिति तोकिएको थियो।

यस वर्ष स्नातकोत्तर प्रथम वर्षको परीक्षा चैत्र ७ गतेदेखि गर्न सबै तयारी समेत भइसकेको थियो। तर, कोरोना महामारीका कारण सबै परीक्षा स्थगित भएको हो। स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छ। स्थगित परीक्षाबारे अहिलेसम्म पनि केही निर्णय नहुँदा त्रिविका विद्यार्थीहरु अन्योलमा छन्। कतिपय विद्यार्थीहरुले परीक्षाको तयारी थालेका छन भने कतिपय विद्यार्थी परीक्षाको पर्खाइमा छन। अनलाइन माध्यमबाट परीक्षा गराउने हल्लाले गाउँ गएका विद्यार्थी झनै तनावमा परेका छन्‌। समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।