१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

हुलाकी सडक निर्माणमा भारतको अवरोध

हुलाकी सडक निर्माणमा भारतको अवरोध
अ अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले पटक-पटक अवरोध गर्दै आएका छन्।  भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा उक्त क्षेत्र भारतको भू-भागमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका हुन्। 

'बाटो खन्ने बेलामा पनि अवरोध गरे, सडकमा ग्राभेल गर्ने बेला पनि अवरोध गरे। अहिले सडक कालोपत्रे गर्न खोज्दासमेत निर्माणमा अवरोध पुर्‍याइरहेका छन्', बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले भने, 'सडक निर्माणको सुरुदेखि नै भारतीय पक्षले ४-५ पटक अवरोध गरिसके।'  सडक कालोपत्रे तयारी भइरहँदा आइतबार भारतीय सुरक्षाकर्मीसहित त्यहाँका स्थानीयले सडक निर्माणमा हस्तक्षेप गरेका हुन्।

साझ ५ बजेतिर उक्त क्षेत्रका डिएमसहित उच्च प्रहरी अधिकारी, भारतीय सञ्चारकर्मी र भारतीय नागरिक आई अवरोध पुर्‍याएको वडाध्यक्ष रानाले बताए। 'हामीसँग लालपूर्जा भएको जग्गा भारतीय पक्षले आफ्नो दाबी गर्दै सडक बनाउन दिएका छैनन्', रानाले भने, '३८ नम्बर पिल्लरदेखि अगाडि १२ सय मिटर भू(भाग भारतले आफ्नो दाबी गर्दै आएको छ।'  

आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ। उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ। जिपिएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी गर्ने भारतीय पक्षले कञ्चनपुरको दक्षिणी क्षेत्रमा धेरै ठाउँमा नेपाली भूमि कब्जा गरेको र गर्न खोजेको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले सडक अवरोधका विषयमा मंगलबार भारतीयसँग छलफल गरेर समाधान खोजिने बताए।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।