१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

प्रतिकूल मौसमले हराउँदै सलह, मौसमका कारण पनि त्यति क्षति हुन पाएन

प्रतिकूल मौसमले हराउँदै सलह, मौसमका कारण पनि त्यति क्षति हुन पाएन
अ अ+ अ-

काठमाडौँ , एक साताअघिदेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गाह्रो हुने भन्दै चिन्ता बढाउने सलह हराउँदै गएका छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । 

‘सलह चिसो ठाउँमा बाँच्न सक्दैन । २२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उत्तर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’ कालीकोट, मुस्ताङलगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएको हुमागाईंले बताए । केन्द्रका अनुसार १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगै छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ ।

सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । नेपालमा मनसुन सक्रिय हुँदा प्रायः क्षेत्रमा पानी परिरहेको छ । चिसोका कारण सलह पनि जंगलमा छ । कीराको आयु पनि एक डेढ महिनाको हुन्छ । वातावरण अनुकूल नभएपछि त्यसको आयु झन् घट्दै जाने केन्द्रले जनाएको छ ।

‘असार १३ गते नेपाल प्रवेश गरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो,’ प्राविधिक समितिका संयोजकसमेत रहेका हुमागाईंले भने, ‘अहिले संख्या धेरै घटेको छ । दुई–तीन दिनयता सलह उडेको देखिएको छैन । कृषि बालीमा क्षति भएको छैन ।’

केन्द्रका अनुसार सलह स–साना समूहमा तितरवितर भएका छन् । केही समूह उत्तरतर्फ लागेका छन् । केही ठाउँमा भेटिएको सलह पनि कमजोर अवस्थामा रहेको केन्द्रको दाबी छ । अहिलेको अवस्थामा त्यति डराउनु नपर्ने केन्द्रले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि सलह धेरै छरिएको बताए । ‘अर्घाखाँची, प्यूठानमा धेरै संख्यामा थियो । दाङमा पनि बढी नै थियो । अहिले त्यता पनि छैन,’ प्रवक्ता केसीले भने, ‘स–साना ग्रुपमा छरिएका छन् । केही सलह हराए जस्तो छ ।’ अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै भारतसम्म आएको सलह असार १३ गते नेपाल प्रवेश गरेको थियो । १४ गते कपिलवस्तुबाट ८ देखि १० लाखको संख्यामा प्रवेश गरेको सलह कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा र रुकुममा पुगेको थियो । सबैभन्दा बढी १५ गते २० देखि २५ लाखको संख्यामा रूपन्देहीमा प्रवेश गरेको सलह रूपन्देही, अर्घाखाँची, दाङ, प्यूठान र रोल्पासम्म पुगेको थियो । अहिले ती क्षेत्रमा नदेखिएको प्रवक्ता केसीले बताए ।

‘छरिएर पहाडी, हिमाली जिल्लातिर पुगे । केही सलह चराले पनि खाए । उड्ने क्रममा रूखमा ठोक्किएर पनि झरेको अनुमान छ,’ प्रवक्ता केसीले भने, ‘हिमाली जिल्ला पुगेपछि चिसोले मरेको पनि देखियो । अहिले ठूलो ग्रुपमा देखिएको छैन ।’ जानकारका अनुसार २/४ दिन थप नेपालमा सलह भित्रिने सम्भावना कम छ । भारतको इटहवामा दुई झुन्ड थिए । ती पनि पुनः दक्षिणतर्फ लागेका छन् । तर राजस्थानमा रहेका सलहका बच्चादेखि सतर्क हुनुपर्ने केन्द्रले जनाएको छ । ‘राजस्थानमा करिब एक करोडको संख्यामा सलहका बच्चा हुर्केका छन् । १०/१५ दिनमा बच्चा उड्ने अवस्थामा पुग्छन्,’ हुमागाईंले भने, ‘ती सलह नेपाल आउनेरनआउने त्यति बेलाको हावाको दिशा र गतिले निर्धारण गर्छ ।

हावाको गतिसँगै उड्ने हुँदा तत्काल आउने सक्नेरनसक्ने यसै भन्न सकिन्न ।’ केन्द्रका अनुसार हावासँगै प्रतिदिन १ सय ५० किलोमिटर टाढासम्म उड्न सक्छन । सूर्यास्त हुँदा सलहले रूख बिरुवालगायत स्थानहरूमा आश्रय लिन्छन् । बिहान सूर्योदयपछि १–२ घण्टा घाम तापेर त्यसपछि सक्रिय भई नजिकैको आहारा (कुनै पनि हरियो वस्तु) खान्छन् । दिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुन्ड (एक टनबराबर) ले एक दिनमा बढीमा १० हात्ती वा २ हजार ५ सय मानिसले खाने आहारा बराबरको वनस्पतिहरू नष्ट गर्ने केन्द्रले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केसीले पनि भैरहवा नाकाबाट करिब ७ सय किलोमिटर टाढा रहेकाले दुई दिन आउने सम्भावना नरहेको बताए । बुधबारदेखि हावाको चाप परिवर्तन हुने अनुमानले केही डर सिर्जना भएको बताए । ‘अहिले पूर्वबाट पश्चिम बगेको छ । बुधबारदेखि दक्षिणबाट उत्तर आउने सम्भावना छ,’ उनले भने, ‘त्यसो हुँदा डर हुन्छ ।’ यद्यपि, मनसुन सक्रिय भई ठूलो पानी पर्ने सम्भावना भएकाले त्यति क्षति नहुने बताए ।

सलहबारे दैनिक अध्ययन भइरहेको केन्द्रले जनाएको छ । अनुगमन गर्न एप्लिकेसन छ । त्यसमार्फत कीरा कता छन्, कस्तो अवस्थामा छन्, कता गइरहेका छन् भन्ने विषयमा अध्ययन भइरहेको हुमागाईंले जानकारी दिए । ‘हामीले गर्नुपर्ने तयारी गरिरहेका छौं । राजस्थानमा हुर्किरहेका बच्चाको अवस्थाबारे सातै प्रदेशमा सूचना पनि दिएका छौं,’ उनले भने, ‘यस विषयमा सबै निकाय सचेत छौं ।’ प्रवक्ता केसीले पनि एक डेढ महिनामा राजस्थानमा ठूलो संख्यामा उपस्थिति हुने सम्भावना रहेको बताए । ‘भारतमा नयाँ वंश वृद्धि हुने सम्भावना पनि छ । त्यस्तो हुँदा एक डेढ महिनापछि ठूलो संख्यामा राजस्थानमा हुन्छ,’ उनले भने, ‘त्यहाँ ढुक्क हुने सम्भावना छैन ।’

सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएको छैन । सलह गर्मीरउज्यालोमा मात्रै सक्रिय हुने हुँदा खेतीबालीमा धेरै क्षति पुगेको छैन । ‘सलह एक ठाउँमा २/३ घण्टा मात्रै बसे । बेलुका भएपछि जंगलमा बास बसे,’ हुमागाईंले भने, ‘मौसमका कारण पनि त्यति क्षति हुन पाएन ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।