५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद अफताव आलम रिहा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताव आलम नख्खु कारागारबाट बुधबार रिहा भएका छन्।

उच्च अदालत वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको जन्मकैद फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।

उनमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै जलाएको आरोप लागेको थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। रिहाइपछि आलम नख्खु कारागारबाट छुटेका हुन्।