९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको छ ।

बुधवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताउनु भयो ।

उहाँले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताउनु भयो । गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सङ्गीतमय नियन्त्रणको कुरा गर्नुभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री ज्यूले भोली गणतन्त्र दिवसको अवसरमा राजधानीमा यसलाई सङ्गीतमय बनाऔँ, सङ्गीत महोत्सवको रूपमा बढाऔँ र गणतन्त्र दिवसलाई बढो उत्साहका साथ मनाऔँ । सांस्कृतिक कार्यक्रमका साथ मनाऔँ । हाम्रा जति पनि परम्परागत बाजाहरू छन्, परम्परागत हाम्रो साङ्गीतिक कलाहरू छन्, त्यसको सडकमा प्रदर्शन गरेर यसलाई गणतन्त्र दिवसको महोत्सवको रूपमा, साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा भन्नुभएको भन्ने मैले बुझेको छु । त्यस कारण उहाँले सङ्गीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । यो कुनै राजनीतिक, हिंसात्मक नियन्त्रण होइन । सङ्गीतको नियन्त्रण हो ।”

उहाँले राजावादीहरूले बिहीवार काठमाडौंमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिहरू सैह्य नहुने चेतावनी दिनुभयो ।