काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो ।










